१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडाैं रासस
२०७७ चैत १ आइतबार १०:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महाशिवरात्रि मनाउन आएका दुई हजार साधुसन्तलाई दक्षिणासहित बिदाइ  

बाँकी साधुसन्तलाई आइतबार पनि दक्षिणासहित बिदाइ गरिने

Read Time : < 1 मिनेट
काठमाडाैं रासस
२०७७ चैत १ आइतबार १०:३४:००

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।  गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई ६ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेको छ । 

९५१,  ७५१,  ५५१,  ३५१,  २५१ र  १५१ रुपैयाँ गरी ६ वर्गमा विभाजन गरी दुई हजार साधुसन्तलाई दक्षिणासहित शनिबार बिदाइ गरिएको संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताइन् ।

नागाबाबालाई भने दक्षिणासहित दुई सय ग्राम र एक सय ग्रामको पेडासहित बिदाइ गरिएको छ । वरिष्ठ नागाबाबालाई दुई सय ग्राम र कनिष्ठ नागाबाबालाई एक सय ग्रामको पेडासहित बिदाइ गर्ने परम्परा छ । यस वर्ष पशुपति क्षेत्रमा एक सयजना नागाबाबा आएको संस्थानले जनाएको छ । 

दक्षिणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुन कृष्ण एकादशीका दिन शीतलनिवासमा संकल्प गरेको सामग्रीसमेत वितरण गरिएको छ । बाँकी साधुसन्तलाई आइतबार पनि दक्षिणासहित बिदाइ गरिने जनाइएको छ ।

पशुपतिमा आउने साधुसन्तलाई फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले खाने, बस्ने, धुनी जगाउने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसैबीच पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको जनाएको छ ।