मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २९ शनिबार १७:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा सर्लाहीमा कल्भर्ट र ढल निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २९ शनिबार १७:०३:००

भारत सरकारको सहयोगमा सर्लाही सदरमुकाम मलंगवा ३ र ४ मा कल्भर्ट र ढल निर्माण भएको छ । जम्मा चार करोड २७ लाख ८० हजार रुपैयाँ सहयोगमा निर्मित दुई संरचनाको शनिबार वीरगन्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमार र मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले उद्घाटन गरेका छन् ।

 “नेपाल भारत विकास सहकार्य” कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोग कल्भर्ट र ढल निकास निर्माण भएको भारतीय दूतावासले जनाएको छ । खानेपानी चोकदेखि नगरपालिका चोकसम्म आठ सय मिटर तथा शिवसागर चोकदेखि विश्वकर्मा चोकसम्म पाँच सय मिटर सडकमा कल्भर्ट र ढल निकास निर्माण भएको हो । यो परियोजनालाई भारत सरकार र नेपाल सरकारबीचको सम्झौताअन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो । 

कल्भर्ट र ढल निकास निर्माणका लागि भारतीय दूतावास, काठमाडौं र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत नगरपालिका कार्यकारीको कार्यालय, मलंगवा नगरपालिकाबीच सम्झौता भएको थियो । यो नवनिर्मित संरचनाले मलंगवा नगरपालिकाको ढल निकास र सरसफाइ प्रणाली बढाउने अपेक्षा गरिएको छ । यसबाट मलंगवा नगरपालिकाका पाँच सय घरपरिवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले लाभ पु¥याउने अपेक्षा गरिएको छ ।