Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण २९ शनिबार १६:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले पार्टी विघटनको दुष्प्रयास गरेको नेपाल समूहको ठहर, ४ चैतमा राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २९ शनिबार १६:०२:००

एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी ओलीले पार्टी विघटनको दुष्प्रयास गरेको ठहर गरेको छ । ओलीले केन्द्रीय कमिटी एकलौटी विस्तार गर्दै पदाधिकारी खारेज र महाधिवेशनको मिति घोषणा गरेपछि नेपाल समूहले बृहत् छलफलका लागि ४ चैतमा राष्ट्रिय कार्यकर्ता भेलासमेत बोलाएको छ । 

राजधानीमा शनिबार बसेको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीले सर्वोच्च अदालतको फैसलाविपरीत एकलौटी बैठक राखेर एमालेलाई विघटन गर्ने दुष्प्रयास गरेको निष्कर्ष निकालेको नेता भीम रावलले जानकारी दिए ।

विधानविपरीतको निर्णय मान्य नहुने उनले बताए । स्थायी कमिटीका सदस्यको हस्ताक्षरसहित नेता तथा कार्यकर्तालाई पार्टी विघटनबाट जोगाउन संयुक्त वक्तव्य निकाल्ने पनि उनले बताए ।

अदालतको फैसलाअनुसार पूर्ववत् कमिटीलाई पुनर्गठनको प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको रावलले बताए । उनले भने, ‘राष्ट्रिय प्रतिनिधि परिषद्ले मात्र विधान संशोधन गर्ने हो, गुटको बैठकलाई विधान संशोधन गर्ने अधिकार छैन । ओलीले पार्टी विभाजन गर्ने दुष्प्रयास गरे, त्यो कदापि मान्य छैन ।’

नेपाल समूहले सातवटै प्रदेशको इन्चार्ज तोकेको छ । जसमा प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली तथा सुदूरपश्चिममा भीम रावल इन्चार्ज भएका छन् ।

महिला इन्चार्जको जिम्मेवारी पनि शाक्यलाई नै दिइएको छ भने प्रचार विभाग इन्चार्जको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् ।

यस्तै, युवा इन्चार्जको जिम्मेजारी रघुजी पन्तलाई दिइएको छ भने गोकर्ण विष्टले विद्यार्थी इन्चार्जको जिम्मेवारी पाएका छन् । बुद्धिजीवी इन्चार्जमा प्रवेश हमाल चयन भएका छन् ।