मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २९ शनिबार ११:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेघ गर्जनसहित वर्षाको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २९ शनिबार ११:५९:००

पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको छ ।

 मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभाव आज रातिसम्म कायम रहनेछ । आइतबारदेखि फेरि स्थानीय वायुको प्रभाव देखिने सम्भावना रहेको बताइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।