मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सोनी राई सोलुखुम्बु
२०७७ फाल्गुण २९ शनिबार ०८:४४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सोलुखुम्बुका ३५ सयभन्दा बढीलाई दोस्रो चरणको कोरोना खोप लगाइयो

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७७ फाल्गुण २९ शनिबार ०८:४४:००

सोलुखुम्बुमा दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकसहित ३६ सयभन्दा बढीलाई कोरोनाको खोप लगाइएको छ । फागुन २३ गतेबाट सुरु भएको दोस्रो चरणको खोप अभियानमा जिल्लाका तीन हजार ६ सय ६३ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । 

दोस्रो चरणको पहिलो अभियानमा महाकुलुङ गाउँपालिकामा ११ सय २२, सोताङ गाउँपालिकामा ६ सय २३, नेचासल्यान गाउँपालिकामा १३ सय २१ र लिखुपिके गाउँपालिकामा पाँच सय ९८ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामनारायण शाहले बताए ।  

जिल्ल्लामा पहिलो चरणमा छुटेका कर्मचारी, पत्रकार, जनप्रतिनिधिसहित ५५ वर्षभन्दामथिका ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो । बाँकी अन्य स्थानमा पनि छिट्टै खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।