मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण २८ शुक्रबार ०७:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओलीको बदनियत रोक्न कांग्रेसको नेतृत्वमा सरकार बन्छ : गगन थापा

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २८ शुक्रबार ०७:१३:००

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीको बद्नियत रोक्न पनि सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् । नेपाल शिक्षक संघ बाग्लुङको २०औँ र २१औँ संयुक्त प्रतिनिधिसभा कार्यक्रमको बिहीबार उद्घाटन गर्दै थापाले प्रधानमन्त्री ओलीको राज्य कब्जा गर्ने नियत रोक्न पनि कांग्रेसले अबको सरकारको नेतृत्व गर्ने बताएका हुन् । 

उनले ओलीले धेरै ठाउँमा भ्वाङ पारेको हुँदा त्यसलाई टाल्न र जनमतको कदर गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको बताए । नेता थापाले देशको राजनीतिक अवस्थालाई कम्युनिस्टले संकटमा धकेलेकाले यसको निकासका लागि पनि कांग्रेस सरकारमा जानुपर्ने बाध्यता भएको बताए । 

‘संविधानको मर्मअनुसार लोकतान्त्रिक संस्थाहरूको आचरण र सबलीकरण गरी देशलाई चाँडोभन्दा चाँडो निर्वाचनमा लिएर जाने हो,’ उनले भने, ‘निर्वाचन गरेपछि नेपाली जनताले आफैँ फैसला गर्नेछन् । जनताको बीचमा जाने वातावरण कांग्रेसले बनाउनेछ । कांग्रेसले एउटा पद्धति बसाल्नेछ ।’ नेपाली जनताले कम्युनिस्ट पार्टीलाई मौका दिए पनि त्यसलाई सदुपयोग गर्न नसकेर संविधानलाई नै संकटमा पार्ने काम गरेको उनले आरोप लगाए । 

‘जनताले नेपालका कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने ओली, प्रचण्ड, माधव, चित्रबहादुर, मोहनविक्रम सबै चिनिसके,’ थापाले प्रश्न गरे, ‘बाँकी एउटा विप्लव थिए, त्यो पनि चिनिसके, सबै कम्युनिस्टले लगाएको लुगा पनि फुस्किसके, चिन्न कोही पनि बाँकी छैन । सबैलाई जनताले बुझ्ने मौका पाएका छन् । मौका पाउँदा काम गर्न नसक्नेलाई कसरी देश सम्हाल्न दिने ?’