मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दिपेश शाही काठमाडौं
२०७७ फाल्गुण २७ बिहीबार १५:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार निर्माणका विषयमा तीन दलसँग छलफल गर्ने जसपा सचिवालय बैठकको निर्णय 

Read Time : < 1 मिनेट
दिपेश शाही, काठमाडौं
२०७७ फाल्गुण २७ बिहीबार १५:२८:००

नयाँ सरकार निर्माणका लागि केन्द्रबिन्दुमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले संसद्का मुख्य तीन राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ। बिहीबार बसेको जसपा सचिवालयको बैठकले राजनीतिक संकट समाधानका लागि सत्तारूढ  एमाले, सत्ता समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने निर्णय गरेको हो । 

बिहीबार बसेको जसपाको सचिवालय बैठकमा वर्तमान राजनीतिक संकट समाधानका विषयमा छलफल भएको नेताहरूले बताएका छन् । बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यतावारे सबै राजनीतिक दलहरूसंग उच्चतहमा संवाद गर्ने निर्णय गरेको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदारीका लागि जसपासँग औपचारिक आग्रह गरिसकेका छन् । जसपाले आफ्ना माग सम्बोधन भएपछि सत्ता सहकार्यका विषयमा छलफल गर्ने बताउँदै आएको छ । 

जसपाले रेशम चौधरीलगायत मधेस आन्दोलन र थरुहट आन्दोलनका बन्दीहरूको रिहाइ तथा मुद्दा फिर्ता, संविधान संसोधनलगायत माग राख्दै आएको छ ।

पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक ५ चैतमा बस्ने निर्णय पनि भएको भट्टराईले जानकारी दिए ।

बैठकमा सचिवालयका नेताहरू जसपा संघीय परिषद् अध्यक्ष  डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतो उपस्थित थिए ।