Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ फाल्गुण २७ बिहीबार १२:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुलुक ढिलोचाँडो ताजा जनादेशमा जान्छ ः उपप्रधानमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २७ बिहीबार १२:१७:००

नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले ढिलोचाँडो मुलुक ताजा जनादेशमा जाने बताएका छन् । बिहीबार प्रेस संगठन पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पुनर्स्थापनापछि संसद् स्वाभाविक नियम प्रक्रियाअनुसार चल्न नसके मुलुक ताजा जनादेशमा जाने बताए । 

पोखरेलले फागुन २३ को सर्वोच्च अदालतको निर्णयपछि नेकपा एमाले ०७५ जेठ २ गतेको अवस्थामा पुगेको र त्यहीअनुसार अब अगाडि बढ्ने बताए । विगतभन्दा फरक तरिकाले नेकपा एमाले अगाडि बढ्ने र सबैको सम्मानजनक उचित व्यवस्थापन गर्ने पोखरेलले बताए । माओवादी केन्द्रबाट एमालेमा आएका सम्पूर्ण नेताहरूलाई सम्मानजनक स्थान दिएर व्यवस्थापन गरिने पनि उनले बताए । 

अब सरकार र एमाले  पार्टीको एउटै उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने र यसलाई नै केन्द्रमा राखेर सरकार र एमाले अगाडि बढ्ने पोखरेलले बताए । सरकारले नेतृत्व गरेको दल नेकपा एमाले पुनर्जीवित भएकाले सबै वामपन्थी शक्तिहरूलाई समेट्दै अगाडि बढ्ने पनि पोखरेलले दाबी गरे ।