Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सोनी राई सोलुखुम्बु
२०७७ फाल्गुण २७ बिहीबार १०:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुखुम्बुमा भालुको आक्रमणबाट चौँरीपालक घाइते

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७७ फाल्गुण २७ बिहीबार १०:५८:००

भालुको आक्रमणमा परी सोलुखुम्बुमा एक चौँरीपालक कृषक घाइते भएका छन् । जिल्लाको लिखुपिके गाउँपालिका– १ गोलीका जाङ्बु शेर्पालाई बुधबार बिहान भालुले आक्रमण गरेको हो । 

गोठनजिकैको जंगलमा चौँरी चराउँदै गरेको अवस्थामा शेर्पालाई भालुले आक्रमण गरेको थियो । उनीसँगै साथमा रहेकी छोरीले हल्लाखल्ला गरेपछि भालु भागेको बताइएको छ । 

घाइते शेर्पालाई उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडौं पठाइएको छ । उनको गर्धन र पाखुरामा चोट लागेको छ ।