१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २७ बिहीबार ०६:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टाटा मोटर्सको नयाँ पाँच मोडेलका गाडी सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २७ बिहीबार ०६:१६:००

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले फरेवर रेन्जअन्तर्गत पर्ने पाँच मोडेलका नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभका परिष्कृत मोडेल सार्वजनिक गरेको हो । 

यी गाडी बिएससिक्स इन्जिन प्रविधिको रहेको जनाइएको छ । टाटाको इम्प्याक्ट २.० डिजाइन ल्यांग्वेजअनुसार तयार पारिएकोे जनाइएको छ । बदलिँदो समयको मागअनुसार पुनः डिजाइन गरिएका पाँच मोडेल कार्यक्षमता, आरामदायी र सुरक्षाका दृष्टिकोणले पनि अरूभन्दा अग्रस्थानमा रहेको कम्पनीको दाबी छ ।  

गाडी सार्वजनिक गर्दै टाटा मोटर्सका प्योसेन्जर भेइकल्स इन्टर्नेसनल बिजनेस हेड मायंक बाल्डीले टाटा मोटर्सका विविध रेन्जका गाडी नेपाली ग्राहकले लामो समयदेखि अत्यन्त रुचाएको बताए । टाटाका नयाँ जेनेरेसनका प्यासेन्जर गाडी डिजाइन, सुरक्षा र आरामका कारण अझ बढी रुचाइने उनको भनाइ थियो । 

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बिएससिक्स रेन्जका अत्याधुनिक विशेषतायुक्त गाडी आफ्नो श्रेणीका अन्य गाडीभन्दा संरचनागत र प्राविधिक दुवै दृष्टिकोणले अगाडि रहेको बताए । नेपाली उपभोक्ताहरूको बदलिँदो आवश्यकता र अपेक्षालाई पूरा गरी नेपाली बजारको ठूलो हिस्सा ओगट्न सफल हुने विश्वास व्यक्त गरे । 

विशेषताः १२०० सिसी इन्जिन क्षमताको नयाँ टियागोको बनावट आकर्षक (स्पोर्टी) रहेको कम्पनीले जनाएको छ । ६ वटा रङमा उपलब्ध रहेको यो गाडीको सुरुवाती मूल्य २८ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै, १२०० सिसी नै इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र रिभर्सिङ क्यामेराजस्ता अत्याधुनिक सुविधा रहेको जनाइएको छ । फोरस्टार सेप्mटी रेटिङ प्राप्त गरेको यो गाडी पाँच रङमा उपलब्ध रहेको र सुरुवाती मूल्य ३२ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

नयाँ नेक्सन पनि १२०० सिसी इन्जिन क्षमताको रहेको जनाइएको छ । इरा प्रविधि रहेकाले यो गाडी नेपालको सडक सुहाउँदो भएको कम्पनीले जनाएको छ । ग्लोवल सेफ्टी रेटिङमा फाइभस्टार प्राप्त गरेको यो गाडीमा इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजीलगायतका नयाँ विशेषता रहेको जनाइएको छ ।

६ रङमा उपलब्ध यसको सुरुवाती मूल्य ३९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । १२०० सिसी इन्जिन क्षमताकै नयाँ अल्ट्रोजको सम्पूर्ण बनावट अल्फा वास्तुकलामा आधारित रहेको कम्पनीले जनाएको छ । यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको ग्लोबल एनक्यापमार्फत प्रमाणित भइसकेको कम्पनीको दाबी छ । ह्याचब्याक सेग्मेन्टमा ग्लोबल सेफ्टी रेटिङमा यसले फाइभस्टार प्राप्त गरेको र चार रङमा उपलब्ध यो गाडीको सुरुवाती मूल्य ३५ लाख ५० हजार रुपैयाँ रहेको जनाइएको छ । 

२००० सिसी इन्जिन क्षमता भएको एच फाइभको सम्पूर्ण बनावट विशिष्ट ओमेगार्क वास्तुकलामा आधारित रहेको जनाइएको छ । शक्ति, सुविधा र कार्यकुशलताका दृष्टिकोणले यो गाडी अतुलनीय भएको कम्पनीको दाबी छ । यसको सुरुवाती मूल्य ८४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।