१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण २६ बुधबार २१:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपालगन्ज रंगशालास्थित पौडीपोखरीको तेस्रोपटक उद्घाटन

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २६ बुधबार २१:३४:००

नेपालगन्ज रंगशालामा रहेको पौडीपोखरीको तेस्रोपटक उद्घाटन भएको छ । यसअघि नै दुईपटक उद्घाटन भइसकेको पौडीपोखरीको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बुधबार तेस्रोपटक उद्घाटन गरेका हुन् । 

यसअघि सिलवालले नै १ चैत, ०७६ मा दोस्रोपटक पौडीपोखरीको उद्घाटन गरेका थिए । उनीभन्दा अघिका सदस्यसचिव केशवकुमार विष्टले ६ असार ०७६ मा पनि पौडीपोखरी उद्घाटन गरिसकेका थिए । 

पछि पौडीपोखरी सर्वसाधारणका लागि खुला गर्ने तयारी भएको थियो । उनले आफैँले उद्घाटन गरेको पौडीपोखरीको २६ फागुन, ०७७ मा दोस्रोपटक उद्घाटन गरे । चारवर्षे कार्यकाल सकिन केही दिन मात्रै बाँकी भएका वेला उनले पौडी पोखरीको उद्घाटन गरेको एक कर्मचारीले बताए । ‘बिदाइ हुनेवेला भइसकेको थियो । त्यहीवेला राखेपका तत्कालीन सदस्यसचिव विष्टले उद्घाटन गर्नुभएको थियो,’ ती कर्मचारीले भने । 

तेस्रोपटक उद्घाटन गर्ने क्रममा सदस्यसचिव सिलवालले दोस्रोपटक उद्घाटन गर्ने अवसर दिएकोमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई धन्यवाद दिएका छन् । उनले नेपालगन्ज खेलाडी उत्पादनको उर्वरभूमि भएको र पौडी विधाबाट नेपालगन्जलाई चिनाउन पौडी पोखरीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडी विधामा सहभागी हुने खेलाडीका लागि निःशुल्क प्रशिक्षण लिने व्यवस्था मिलाउन उनले क्षेत्रीय खेलकुद विकास समितिलाई निर्देशन पनि दिए । ‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडी विधामा सहभागी खेलाडीको नाम संकलन गरेर प्रशिक्षण लिन चाहने खेलाडीलाई निःशुल्क तालिम लिने व्यवस्था मिलाउनुस्,’ सदस्यसचिव सिलवालले भने ।