मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार १९:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शतप्रतिशत छात्रवृत्तिको सहमति कार्यान्वयन गर्न नेविसंघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार १९:२९:००

कांग्रेसको विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयबाट  स्वीकृत प्राप्त व्यवस्थापन संकायअन्तर्गत बिबिए, बिआइएम, बिबिएम, बिएचएमलगायतका कोर्समा १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृति दिने सहमति कार्यान्वनय गर्न ध्यानाकर्षण गराएको छ । 

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै त्रिवि आफैँले गरेको सहमति सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा तत्काल लागू गर्न माग गरेको छ । उनले विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न तथा  त्रिवि र सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूलाई सहमति लागू गर्न खबरदारी गरेका छन् ।

बिबिए, बिआइएम, बिबिएम, बिएचएमलगायतका कोर्समा त्रिवि र नेविसंघबीच १३ साउन ०७६ मा १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिने सहमति भएको थियो । 

सबै क्याम्पसमा तत्काल सहमति कार्यान्वयन गर्न त्रिवि र डिन कार्यालयले पटक–पटक  परिपत्र गर्दासमेत हालसम्म कार्यान्वयन नगरी विद्यार्थीबाट पैसा उठाएको र विद्यार्थीले पाउने छात्रवृत्ति सम्बन्धित क्याम्पसले उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रिएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए । 

तिमल्सिनाले विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मिलाउन त्रिवि र सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूलाई खबरदारी गरेको बताए ।