मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार १८:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाललाई प्रश्न– तपाईंहरू ओली सरकार टिकाउने कि ढलाउने पक्षमा ? (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार १८:०८:००

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारबारे विस्तृत छलफल गर्ने बताएका छन् । संसद् भवनबाट बाहिरिने क्रममा नेपालले पार्टी र सरकारलाई कसरी लाने र अन्य पार्टीसँगको सहकार्यलाई कसरी लाने भन्ने विषयमा विस्तृत रूपमा छलफल गर्ने बताएका हुन् । 

उनले भने, ‘हाम्रो पार्टीमा हामी छलफल गर्छौँ । कसरी पार्टी लाने, आन्दोलन लाने कसरी, सरकार लाने कसरी, अरू पार्टीसँगको सहकार्य गर्ने कसरी, जनताको विश्वास जित्ने कसरी, जनताका गुनासोहरू सम्बोधन गर्ने कसरी, पार्टीभित्रको विमतिलाई सम्बोधन गर्ने कसरी, यावत् कुराको बारेमा विस्तृत छलफल गर्छौँ । हामी छलफलबाट, बहसबाट, विवादबाट कहिल्यै पनि डराउँदैनौँ । छलफल, बहस, विवाद राजनीतिज्ञको एउटा विशेषता पनि हो । लोकतान्त्रिक संस्कार बोकेको राजनीतिज्ञको जिम्मेवारी पनि हो ।’