१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार ०६:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंक र आइएसओएन हेल्थ केयरबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार ०६:४६:००

सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थ केयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र आइएसओएनका बिजनेस डेभलपमेन्ट प्रमुख आशिष धवनले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार विश्वभर रहेका ५ सयभन्दा बढी अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट पाउने जनाइएको छ ।

आइएसओएन हेल्थ केयरअन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरको सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डको ब्यांकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताले सो छुट पाउन सक्ने बैंकले जनाएको छ ।

आइएसओएन हेल्थ केयरको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायतका देशहरूका अस्पतालसँग सम्बन्धन रहेको जनाइएको छ ।बैंकले सातै प्रदेशमा ८६ शाखा, १७ विस्तारित काउन्टर र ९६ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।