मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार ०८:२६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मीविरुद्धको जितसँगै पुलिस शीर्ष स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार ०८:२६:००

नेपाल पुलिस क्लब काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ । मंगलबार भएको खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको हो । मंगलबार नै भएको अर्काे खेलमा एपिएफ पराजित हुँदा पुलिसको शीर्ष स्थान निश्चित भएको हो ।

एपिएफ बागमती प्रदेशसँग २७ रनले पराजित भएको छ । पाँच टोली सम्मिलित प्रतियोगितामा समान तीन खेल खेलेको पुलिस र एपिएफको समान ४ अंक रहेको छ । नेट रन रेटका कारण मात्रै पुलिस शीर्ष स्थानमा पुगेको हो ।

मूलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ सुरु गरेको आर्मी ३०.१ ओभरमा ८७ रनमै समेटिएको थियो । जवाफमा पुलिसले १८.३ ओभरमा सात विकेट खर्चिएर जित निश्चित गरेको हो । आर्मीका ब्याट्सम्यान पुलिसको बलिङसामु धारासयी बन्यो । 

आर्मीका लागि लोकेश बमले जोडेको ३२ रन नै सर्वाधिक बन्यो । उनीबाहेक विक्रम सोबले १४ र रोहित पौडेलले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । आर्मीको इनिङ धारासयी पार्न पुलिसका सागर ढकाल एक्लैले पाँच विकेट लिए । पवन सर्राफले तीन र ललित राजवंशीले दुई विकेट लिए । 

पुलिसका लागि सुनील धमलाले ३९ रन जोड्दा पवन सर्राफ २२ रनमा अविजित रहे । बल र ब्याटमा सशक्त प्रदर्शन गरेका पवन म्यान अफ दी म्याच चुनिए । दिलीप नाथले १५ रन जोडे । पुलिसको सातै विकेट शाहब आलमले लिएका हुन् । 

बागमतीको पहिलो जित
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको अर्काे खेलमा बागमती प्रदेशले प्रतियोगिताकै पहिलो जित हात पारेको छ । टस हारी पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ३३ रनको योगफल तय गरेको थियो ।