१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २५ मंगलबार १३:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अहिल्यै सरकारबारे बहसमा प्रवेश गर्ने वेला भएको छैन : कांग्रेस महामन्त्री खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २५ मंगलबार १३:०८:००

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस नेता–कार्यकर्तालाई धैर्य हुन आग्रह गरेका छन् । उनले फेरि पनि कांग्रेसको काँधमा धैर्यता, संयमता र समयअनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको बताएका छन् ।

‘अहिले नै सरकार वा सरकारबाहिरको बहसमा प्रवेश गर्ने वेला भएको छैन, भर्खर त नयाँ खेल सुरु भएको छ,’ खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ देशले कांग्रेसबाट परिपक्वता र साहसिक निर्णय फेरि माग गर्दै छ, धैर्यवान बनुँ ।’