मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २५ मंगलबार ०६:०६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ९३५ थपियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २५ मंगलबार ०६:०६:००

नेपालमा कोभिड– १९ बाट मृत्यु हुनेको संख्या तीन हजार ११ पुगेको छ । स्वास्थ्य मन्त्रालयले पहिला सार्वजनिक गरेको तथ्यांकमा ९३५ मृतकको संख्या थप भएको जनाएको छ । 

सरकारी रेकर्डमा नरहेका, तर कोभिडबाट मृत्यु भएकाको ठूलो संख्या पाइएपछि मन्त्रालयले समिति नै बनाएर तथ्यांक खोज्न सुरु गरेको थियो । करिब पाँच महिना लामो छानबिनपछि मृतक संख्यामा ९३५ छुटेको पुष्टि भएको हो ।

तर, यो पनि मन्त्रालयको अन्तिम तथ्यांक भने होइन । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले तथ्यांक छानबिन कार्य जारी रहेकाले संख्या अझै बढ्न सक्ने बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको तथ्यांक नमिलेपछि सरकारले कोरोनाबाट मृत्यु हुनेको यकिन तथ्यांक पत्ता लगाउन २ कात्तिकमा समिति गठन गरेको थियो । 

नेपालमा कोभिड १९ को पहिलो केस गत वर्षको ९ माघमा देखिएको थियो । त्यसयता सोमबारसम्म दुई लाख ७४ हजार ८१० जनामा संक्रमण देखिएको छ । तीमध्ये दुई लाख ७० हजार ९२७ जना निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । सक्रिय संक्रमित आठ सय ७२ जना छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८९ जनामा संक्रमण देखिएको छ । ४२ जना निको भएर घर फर्किएका छन् भने एकजनाको मृत्यु भएको छ । अहिलेसम्म २१ लाख ९७ हजार २३५ जनाको पिसिआर परीक्षण गरिएको छ ।