१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण २४ सोमबार २१:४६:००
Read Time : < 1 मिनेट
खेलकुद

धोनीको ब्रान्ड ‘सेभेन’ इपिएलको सहप्रायोजक 

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २४ सोमबार २१:४६:००

भारतीय क्रिकेटर एवं पूर्वकप्तान महेन्द्र सिंह धोनीको ब्रान्ड ‘सेभेन’ले एभरेस्ट प्रिमियर लिग (इपिएल)लाई सहप्रायोजन गर्ने भएको छ । इपिएलको आगामी संस्करण २५ सेप्टेम्बरदेखि ९ अक्टोबरसम्म त्रिवि क्रिकेट मैदानमा हुने जनाइएको छ ।

सेभेन ‘फिटनेस’ र ‘स्पोर्टस् वेयर’ उत्पादन गर्ने भारतीय कम्पनी हो । रिती ग्रुपको स्वामित्वमा रहेको यो कम्पनीमा धोनीको पनि लगानी रहेको छ । नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने तयारी गरिरहेको यो ब्रान्डले इपिएललाई प्रायोजन गर्ने घोषणा गरेको हो । 

नयाँ प्रायोजन सम्झौताअनुसार सेभेन इपिएलसँगै प्रतियोगितामा सहभागी रहने सातवटै टोलीका लागि किट्स, क्लोथिङ र मच्र्यान्डाइज स्पोन्सरका रूपमा रहने छ । 
इपिएलमा विभिन्न ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । गत वर्ष कोरोना भाइरस (कोभिड–१९) महामारीका कारणले रोकिएको इपिएलमा यो वर्ष काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्दै छन् ।