Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार १९:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विचार, संगठन र नेतृत्वको ख्याल नगरी एकता गर्दा समस्या : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार १९:२५:००

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या भएको बताएका हुन् । 

विचार, संगठन र नेतृत्वभन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको उनको भनाइ छ । आइतबारको सर्वोच्च अदालतको फैसलापछि एकीकृत पार्टीहरूको अवस्था ३ जेठ ०७५ अगाडिको अवस्थामा पुगेको उल्लेख गर्दै उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए ।

नेकपा ओली समूहबाट थपिएका केन्द्रीय सदस्य एमालेको केन्द्रीय सदस्य हुने उनले बताए । उनले भने, ‘नेकपा एमालेको नवौँ महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बैठक हुन्छ । त्यो बैठकले अस्ति थपिनुभएका साथीहरूलाई नै फेरि थपेर विस्तारित कमिटी बनाउँछ । अब केही हुँदैन । तर, लय र स्टेप मिलाउन नेकपा एमालेको पहिले केन्द्रीय कमिटीको बैठक हुन्छ । केन्द्रीय नेताहरूलाई बैठकमा बोलाइन्छ । नआउने अब अन्तैतिर जान्छु भन्ने पनि निस्केलान्, निस्के भने पनि कोही बात छैन जानुहुन्छ ।’
 
उनले नेकपा एमाले सूर्य चिह्नसहित सबैलाई समेटर अघि बढ्ने बताए ।