मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार १६:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीम रावललाई प्रधानमन्त्रीको जवाफ– म कुन पार्टीको हो सर्वोच्चलाई सोध्न जानू (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार १६:३१:००

प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–माधवकुमार नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा रावलले प्रधानमन्त्री कुन पार्टीको भन्दै प्रश्न गरेका थिए ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले सर्वोच्च अदालत गएर सोध्न भनेका हुन् । सर्वोच्चले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक नभएको ठहर गर्दै एमाले र माओवादी केन्द्र साबिककै दल हुने फैसला गरेको थियो ।

ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका हुन् । 

उनले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबी गरे । ओलीले संसदमा सांसदहरूले संसदीय मुल्य–मान्यता र मर्यादाविपरित क्रियाकलाप गरेका आरोपसमेत लगाए ।  मुद्दा लडेर संसद पुनर्स्थापना गराएर संसदमा धामीनाँच देखाएको ओलीको टिप्पणी छ । उनले भने ‘छलफल गर्दा  माननीय भनेर अगाडि लेखेको हुन्छ । माननीय भनेर लेखिएजस्तै माननीयले बोल्ने भाषा जस्तै बोलौँ, छलफल गरौँ न । छलफल गरेको हो कि ? उफ्रेको हो कि ? धामीनाँच हो कि ?’

पुनर्स्थापित संसदलाई देश र जनताका समस्याका बारेमा छलफल गर्ने थलो बनाउनुपर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन बैठक अवरुद्ध गरिएको ओलीले आरोप लगाए । उनले भने ‘यतिखेर चुनावमा जान्थ्यो देश । चुनावपछि राम्रो सरकार बन्थ्यो । त्यसलाई रोकेर मुद्दा हालेर । संसद पुनर्स्थापना किन गर्या रहेछ भन्दा उफ्रिन नारा लगाउन, कराउन , अध्यादेश पेस हुन नदिन, एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन, त्यसका लागि पो बोलाएको रहेछ ।’