मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ फाल्गुण २२ शनिबार ०८:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१३ वर्षीया आफ्नै छोरी बलात्कार गर्ने बुबा पक्राउ

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ फाल्गुण २२ शनिबार ०८:३७:००

पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीका ३८ वर्षीय बुबाले पटक–पटक आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

छोरीलाई बलात्कार गरेको घटना गाउँमा बाहिर सार्वजनिक हुन थालेपछि उनी तीन महिनाअघि भारत फरार भएका थिए । तीन महिनापछि घर फर्किएका बुबालाई गाउँलेले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएलगत्तै उनलाई नियन्त्रणमा लिएको हो । 

पीडित बालिकाले आफ्नै बुबाले विगत पाँच वर्षदेखि पटक–पटक बलात्कार गरेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए । पीडित बालिकालाई बिहीबार नै स्वास्थ्य परीक्षणका लागि चितवन जिल्ला अस्पताल भरतपुर पठाउने तयारी भइरहेको छ ।