Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २२ शनिबार ०८:००:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उपाधि होड बलियो बनाउँदै सातदोबाटो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २२ शनिबार ०८:००:००

सहिद स्माकर बी डिभिजन फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबले उपाधि होडमा अगाडि बढेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सातदोबाटोले लिगको तेस्रो स्थानमा रहेको बाँसबारी क्लबलाई ४–१ को फराकिलो अन्तरले हरायो । महत्वपूर्ण जितसँगै सातदोबाटोले नौ खेलमा २५ अंक जोडदै शीर्ष स्थान बलियो बनाएको छ । तेस्रो स्थानमा रहेको बाँसबारीले नौ खेलबाट १८ अंक जोडेको छ । 

लिगमा खुमलटारले नौ खेलबाट २२ अंक जोड्दै दोस्रो स्थान बलियो बनाएको छ । सातदोबाटो र खुमलटारले समान नौ खेल खेलेका छन् । सातदोबाटोले नौ खेलमा सात जित र एक बराबरी नतिजा हात पारेको छ । खुमलटारले नौ खेलमा सात जित र एक दर्ता गरेको छ । ए डिभिजनको पूर्वच्याम्पियन ब्वाइज युनियने नौ खेमा १४ अंक बटुलेको छ । ब्वाइज युनियन लिगको चौथो स्थानमा छ । यसैगरी ए डिभजिनको अनुभवी क्लब रानीपोखरी कर्नर (आरसिटी) लिगको पाँचौँ स्थानमा छ ।

रानीपोखरीले नौ खेलमा तीन जित निकाली १४ अंक बनाएको छ । सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक–एक गोल गरेका थिए । बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गरेका थिए । निशान सुनारले सातदोबाटोको पोस्टमा एक गोल फर्काएका थिए । उत्कृष्ट फर्ममा रहेको सातदोबाटोले बाँसबारीमाथि दबाब राखेको थियो । खेलको ११औँ मिनेटमै अशिमले सातदोबाटोलाई १–० को अग्रता दिलाए । उनले डिबक्समा प्राप्त पास सहजै गोलमा परिणत गरे । अशिमको गोलपछि सातदाबाटोले थप गोल गर्न संघर्ष गर्‍यो । 

पहिलो हाफको इन्जुरी समयमा अमृतले आत्मघाती गोल गर्न पुगे । अमृतको आत्मघाती गोलको सहयोगमा सातदाबाटो खेलमा २–० ले अघि बढ्यो । मध्यान्तरपछिको खेलमा सातदोबाटोले सुधारिएको प्रदर्शन गर्‍यो । दोस्रो हाफको १७ मिनेटको अन्तरमा दुई गोल गर्दै सातदोबाटोले खेलमा ४–० को बलियो स्थिति बनाएको थियो । खेलको ५२औँ मिनेटमा प्रवेशले टोलीलाई ३–० को स्थितिमा राखे । खेलको ६२औँ मिनेटमा दिनेशको एक गोलको सहयोगमा सातदोबाटो ४–० ले अघि रह्यो । लगातार गोल व्यहोरेको बाँसबारीले खेलमा फर्कने निकै प्रयास गरेको थियो । 

खेलको ७७औँ मिनेटमा बाँसबारीको प्रयास सफल भयो । निशानले बाँसबारीको गोलअन्तर कम पार्ने प्रयासमा ४–१ का लागि गोल गरे । यद्यपि त्यसपछि बाँसबारीले थप गोल गर्न नसक्दा सातदोबाटो ४–१ ले विजयी भयो ।