मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार १५:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विप्लव भन्छन्– सहिदको सपना मर्न दिँदैनौँ, सहकार्य गर्छौँ, झुक्दैनौँ (भिडियोसहित)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार १५:३०:००

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको सपना मर्न नदिने बताएका छन् । आत्मनिर्भर र सुन्दर नेपाल निर्माण गर्ने उनले बताए । 

तीनबुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको उनले बताएका छन् । नेपाली समाज रूपान्तरणको प्रक्रियामा अगाडि बढिरहेको उनले बताए । 

सहकार्य र हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनले बताए । विदेशीसामु कहिल्यै नझुक्ने उनले बताए ।  सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर समारोहमा विप्लवले कम्युनिस्ट पार्टीले मात्रै युद्धको अन्त्य गर्ने उनले बताए ।

राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट वार्ता टोली संयोजक तथा प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।