१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २१ शुक्रबार १२:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव काठमाडौं आइपुगे, प्रधानमन्त्रीलाई भेट्ने कि कार्यक्रमस्थल जाने भन्ने विषयमा छलफल हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २१ शुक्रबार १२:५०:००

नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन् । केहीबेरअघि प्रहरीको स्कर्टिङमा उनी काठमाडौं आइपुगेका हुन् ।

काठमाडौं आएर आफ्नो वार्ता टोलीका सदस्यलगायतका नेताहरूसँग छलफलमा जुटेका छन् । छलफल सकेपछि प्रधानमन्त्री भेट्न बालुवाटार जाने कि सीधै कार्यक्रमस्थल राष्ट्रिय सभागृह जाने भन्ने  विषयमा छलफल भइरहेको उनीनिकट एक नेताले जानकारी दिए । 

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि विप्लव बालुवाटार आउने विषय अझै निश्चित नभएको बताएका छन् ।  राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्नेछन् ।