मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण २१ शुक्रबार १२:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करोडौँ रकम लिएर फरार व्यापारी दाजुभाइविरुद्ध प्रहरीमा १६ जनाद्वारा उजुरी

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २१ शुक्रबार १२:१५:००

राजविराजमा कपडा पसलसँगै आइएमई सञ्चालन गरी बसेका दुई दाजुभाइले दर्जनौँ व्यक्तिको करोडौँ रकम लिएर फरार भएपछि बिहीबार १६ जनाले प्रहरीमा उजुरी दिएका छन् ।

राजविराजको गजेन्द्र चोकमा आइएमई सञ्चालक दाजुभाइ सञ्जय सिन्धी र सुनील सिन्धी पसल र अफिस दुवै बन्द गरेर चार दिनदेखि फरार भएपछि जिल्ला प्रहरी कार्यालय राजविराजमा १६ जना पीडितले उजुरी दिएका छन् । 

उजुरी आउने क्रम अझै जारी रहेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले १६ जनाले सिन्धी दाजुभाइविरुद्ध झन्डै ७६ लाख रुपैयाँ लिएर भागेको भन्दै ठाडो उजुरी दिएको बताए । 

उक्त उजुरीउपर छानबिन तथा फरार रहेका सिन्धी दाजुभाइको खोजीकार्य जारी रहेको बताउँदै उनले सबै पीडितको संख्या यकिन गरिसकेपछि अनुसन्धानलाई अझ फराकिलो र तीव्र बनाउँदै लगिने बताए ।