१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण २१ शुक्रबार १०:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीबाट राजीनामा दिएर एकताको ढोका खोल्न ओलीलाई योगेश भट्टराईको आग्रह

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २१ शुक्रबार १०:४५:००

प्रचण्ड–नेपाल समूहका नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीले तुरुन्तै राजीनामा दिएर एकताको ढोका खोल्न आग्रह गरेका छन् ।  

प्रेस संगठन नेपालले शुक्रबार ताप्लेजुङकाे सदरमुकाम फुङलिङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले आफू एकताको पक्षमा रहेको बताउँदै उनले देश र जनताका लागि प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्रीको माेह छोडेर पार्टी एकताका लागि अगाडि बढ्न आग्रह गरे । 

प्रचण्ड र केपी ओलीले समझदारीमा गएर पार्टी एकतामा लाग्न पनि आग्रह गरे ।  प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको ६५ दिनमा प्रचण्ड तथा माधव नेपालले ६५ पटक नै प्रधानमन्त्रीका लागि होइन भनेर भाषण गरेको भन्दै साँच्चै उहाँहरूले आत्माबाट भनेको हो भने प्रधानमन्त्रीको मोहलाई  त्यागी पार्टी एकतामा लाग्न भट्टराईले आग्रह गरे । 

नेकपा अहिले संक्रमणमा रहेको बताउँदै पार्टी एकताका लागि देशैभरबाट कार्यकर्ताले आग्रह गरेको उनले बताए ।  नेकपा  बिरामी अवस्थामा अहिले हस्पिटलको बेडमा रहेको र  राम्रो चिकित्सक भए बचाउन सकिने उनले बताए ।