Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ फाल्गुण २१ शुक्रबार १०:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विप्लव सार्वजनिक : नवलपरासीबाट काठमाडौं आउँदै

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २१ शुक्रबार १०:२५:००

सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज बिहान सार्वजनिक भएका हुन् ।    

०७५ फागुन २८ मा सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए । बिहीबार मात्रै सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव विप्लव सार्वजनिक भएका हुन् । सार्वजनिक भएसँगै महासचिव विप्लवले नवलपुरको देवुचली नगरपालिकामा रहेका सहिद परिवारसँग भेटघाटसमेत गरेका छन् ।     

नवलपरासीको पहाडी क्षेत्रबाट आज बिहान ३:०० बजे उनी देवचुली नगरपालिकाको दलदलेमा आइपुगेको जनाइएको छ । देवचुलीमा सार्वजनिक भएर सहिद परिवारसँग भेटघाट गरेपछि विप्लव प्रहरीको सुरक्षामा काठमाडौंतर्फ प्रस्थान गरेको प्रहरीले जनाएको छ ।

आज प्रधानमन्त्री केपी ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरू सार्वजनिक गर्ने कार्यक्रममा सहभागी हुन उनी नवलपुरको दलदलेबाट काठमाडौं प्रस्थान गरेका हुन् ।