मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण २१ शुक्रबार ०७:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

असन्तुष्ट बासिन्दाले मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गर्न बनाइएको मञ्च भत्काइदिए

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २१ शुक्रबार ०७:०९:००

रुपन्देहीमा निर्माण गरिने लुम्बिनी प्रदेशस्तरीय मोतीपुर औद्योगिक क्षेत्रका स्थानीय बासिन्दा असन्तुष्ट भएका छन् । औद्योगिक क्षेत्र निर्माण सुरु गर्नुअगाडि आफ्नो माग सम्बोधन नभएको भन्दै उनीहरू असन्तुष्ट भएका हुन् । माग सम्बोधन नभई औद्योगिक क्षेत्रको शिलान्यास गर्न लागेको भन्दै उनीहरूले मञ्च नै भत्काइदिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने तयारीका साथ बनाइएको मञ्च बिहीबार भत्काइदिएपछि कार्यक्रम नै विवादमा तानिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले मञ्च भत्काउने काम भए पनि शुक्रबार शिलान्यासका लागि तयारी भएको बताए । भत्किएको मञ्च तयार भइसकेको उनले बताए । स्थानीयका मागका विषयमा विगतमा पटक–पटक छलफल गरी सहमति भइसके पनि केही व्यक्तिहरू असन्तुष्ट रहेको सुन्नमा आएको उनले बताए । असन्तुष्ट क्षेत्रको माग पनि सुनिने उनको भनाइ छ । 

 मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा १२ अर्ब लागत अनुमान गरिएको  छ । ९ सय ३५ बिघा क्षेत्रफल जग्गामध्ये १ सय ३३ बिघा औद्योगिक क्षेत्र व्यवस्थापनको नाममा आएको छैन । व्यवस्थापनमातहतमा ल्याइने प्रक्रिया अहिले चलिरहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका क्रममा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई हाल इआइएको काम अन्तिम चरणमा रहेको बताए  ।    

 यस्तो छ स्थानीयको असन्तुष्टि
प्रस्ताविक औद्योगिक क्षेत्रबाट सयभन्दा बढी परिवार प्रभावित हुने स्थानीय बाबुराम घिमिरेले बताए । उनीहरूको माग सम्बोधन नगरी औद्योगिक क्षेत्रको शिलान्यास गर्न लागेपछि असन्तुष्टि झन् बढेको उनको भनाइ छ । त्यस्तै, संघर्ष समितिका संयोजक रामप्रसाद पाण्डे वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गा औद्योगिक क्षेत्रले लिन लागेपछि आफूहरू असन्तुष्ट बनेको बताउँछन् । ‘केही जग्गा दिन त तयार छौँ, तर सबै जग्गा छाड्न सक्दैनौँ, त्यही भएर विरोध गरेका हौँ,’ उनले भने ।