मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २१ शुक्रबार ०९:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुस्कान खातुन अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारद्वारा सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २१ शुक्रबार ०९:३४:००

तेजाब आक्रमणकी अभियन्ता मुस्कान खातुन प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कारबाट पुरस्कृत हुने भएकी छिन् । एक विज्ञप्ति सार्वजनिक गर्दै अमेरिकी दूतावासले मुस्कान पुरस्कृत हुने जनाएको हो ।

८ मार्चमा एक भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिंकन सहभागी भएर मुस्कानलाई पुरस्कार प्रदान गरिनेछ । तेजाब हमला अन्त्यका लागि मुस्कानले गरेको साहसिक अभियानका लागि यो पुरस्कार दिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

मुस्कान दुई वर्षअघि १५ वर्षकी हुँदा प्रेमप्रस्ताव अस्वीकार गरेकै कारण तेजाब हमलाको सिकार भएकी थिइन् । अमेरिकी दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,‘धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायका लागि लबी गरिन् । उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे ।’