मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सोनी राई सोलुखुम्बु
२०७७ फाल्गुण २० बिहीबार ११:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सोलुमा आठ महिनामा १७ आगलागीका घटना,  १० करोड ५७ लाखभन्दा बढीको क्षति

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७७ फाल्गुण २० बिहीबार ११:३७:००

चालू आर्थिक वर्ष ०७७/७८ को आठ महिनाभित्र सोलुखुम्बु जिल्लामा १७ वटा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांकलाई आधार मान्दा आठवटा स्थानीय तह रहेको जिल्लामा हालसम्म सबैभन्दा बढी सोलुदुधकुण्ड नगरपालिकाभित्र आगलागीका घटना भएका छन् । 

वडा नम्बर ११ तिङ्लाका गोकर्ण कार्कीको घरमा असोज २५ गते, तिङ्लाकै सुनिल थापाको घरमा मंसिर ९ गते, १० नम्बर वडाका नाङठिले शेर्पाको घरमा पुस १ गते र वडा नं ६ दोर्पुबजारमा रहेको सोलु एफएममा यही फागुन १७ गते गरी नगरपालिका क्षेत्रमा जम्मा चारवटा आगलागी घटना भएका छन् । 

त्यस्तै, नेचा सल्यान गाउँपालिका र माप्य दुधकोसी गाउँपालिकामा तीन–तीनवटा, महाकुलुङ गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुई–दुईवटा, थुलुङ दुधकोसी गाउँपालिका र सोताङ गाउँपालिकामा एक–एकवटा आगलागीका घटना भएका छन् । 

जिल्लामा हालसम्म भएका आगगालीबाट दुई बालबालिकाको ज्यान गएको छ भने एक बालक घाइते भएका छन् । नेचा सल्यानमा भएको आगगालीमा परी एक बालक र चार वर्षीया बालिकाको ज्यान गएको थियो भने तिङ्लाका सुनील थापा मगरको घरमा भएको आगोमा परी १४ वर्षीय बालक घाइते भएका थिए । 

खुम्बु पासाङल्हामु गाउँपालिका ४ फार्चेस्थित निमा कर्मा शेर्पाको घरमा भएको आगोलागी सुक्खायाम सुरु भएयताकै सबैभन्दा ठूलो र बढी क्षति भएको आगलागी मानिएको छ । सुरु भएको करिब पाँच घन्टापछि नियन्त्रणमा आएको आगलागीबाट तीन करोड ९३ लाख १५ हजारबराबरको क्षति भएको थियो । हालसम्म जिल्लामा भएका आगलागीबाट १० करोड ५७ लाख ४० हजार सयबराबरको क्षति भएको अनुमान गरिएको छ ।