मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७७ फाल्गुण २० बिहीबार ०९:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

जनकपुर साहित्य महोत्सव सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७७ फाल्गुण २० बिहीबार ०९:५३:००

 नवमिथिला फाउन्डेसनले आयोजनामा बुधबार जनकपुरधाममा साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको पूर्वराष्ट्रपति रामवरण यादवले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटनका क्रममा पूर्वराष्ट्रपति डा. यादवले जानकी मन्दिरमा चढाउने फूलमाला र जल बाहिरबाट ल्याउनुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले जनकपुरका खेतीयोग्य जग्गा र पोखरी मासेर जनकपुरका मन्दिरमा चढाउने फूलमाला र जल (पानी) बाहिरबाट ल्याउनुपर्ने बाध्यता हट्नुपर्ने बनाएका थिए । यो कार्यले यस क्षेत्रको कला, साहित्य, सांस्कृतिक संरक्षण हुन नसक्ने उनको भनाइ छ । ‘हराभारा र अन्नको भण्डार रहेको प्रदेशको भूमि चुरिया दोहनले दिनदिनै मरभूमिकरण हुँदै गइरहेको छ ।’ पूर्वराष्ट्रपति यादवले भने, ‘प्रायः म सहभागी मञ्चमा भन्दै आएको छु चुरियाको संरक्षण गर्नुस्, चुरियालाई जोगाउन सकेन भन्ने यस क्षेत्रमा पानी अभावदेखि कृषि उत्पादनमा ठूलो ह्रास आउँछ । र यो स्थान मानव बस्नयोग्य रहँदैन ।’ 

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको विभेदका कारण जनकपुरको विकास हुन नसकेको गुनासो गरे । विश्वभरका हिन्दूहरूको अस्थाको केन्द्र भए पनि राज्यको उपेक्षाका कारण जनकपुरको विकास हुन नसकेको मुख्यमन्त्री राउतको भनाइ छ ।

कार्यक्रममा सांसद तथा उद्योगपति विनोद चौधरीले तीनै तहका सरकारबीच राम्रो सहकार्य नहुँदा प्रदेश २ मा ठूला ठूला उद्योगको स्थापना हुन नसकेको बताए । ‘यहाँ लगानी गर्नेको पुँजी अभाव छैन, न त उद्योगको,’ सांसद चौधरीले भने, ‘मात्रै प्रदेश सरकारले लगानीको वातावरण र उद्योगीहरूको सुरक्षाको व्यवस्थापन गरदिएपछि यहाँ लगानीकर्ताको ओइरो लाग्छ ।’ अगामी शनिबारसम्म चल्ने महोत्सवको अध्यक्ष अमित झाको बुधबार नै उपचारको क्रममा निधन भएको छ । कार्यक्रमका वक्ताहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।