Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २० बिहीबार ०७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बालुवाटार जग्गा हिनामिना प्रकरण : तत्कालीन महानिर्देशक पाँच लाख धरौटीमा रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २० बिहीबार ०७:३०:००

विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणका आरोपीमध्येका एक अशोकनाथ उप्रेतीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । नौ करोड ६५ लाखभन्दा बढी बिगो कायम गरी उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा बुधबार बसेको विशेष अदालतको इजलासले धरौटीमा रिहा गरेको हो । 

तत्कालीन सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक उप्रेती बुधबार नै अदालतमा उपस्थित भएका थिए ।  विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीशहरू शान्तिसिंह थापा तथा चन्द्रबहादुर सारूको इजलासले धरौटी माग्ने निर्णय गरेको हो । 

उप्रेतीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) बमोजिमको कसुर गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । उक्त दफामा राष्ट्रसेवकले आफू वा अरूलाई गैरकानुनी लाभ पुर्‍याउने उद्देश्यले बदनियतसाथ काम गरेमा सजाय हुने उल्लेख छ । 

सरकारी स्वामित्वमा रहेको बालुवाटारको जग्गा व्यक्तिगत नाममा दर्ता गरेको भन्दै उनलाई तीन महिनादेखि तीन वर्षसम्म कैदको माग गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो । साथै, नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो असुलउपर गर्न अभियोगपत्रमा माग गरिएको छ । 

यसअघि भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तथा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेषले थुनामा पठाउने आदेश दिएको थियो । यसैगरी, विभिन्न मितिमा उपस्थित भएका न्यायाधीश विनोदकुमार गौतम, व्यवसायी मीनबहादुर गुरुङलगायतलाई धरौटीमा रिहा गरिएको थियो ।

पूर्वमन्त्री विजयकुमार गच्छदार अझै उपस्थित भएका छैनन् । अख्तियारले ललितानिवास जग्गा प्रकरणमा एक सय ७५ जनालाई विपक्षी बनाई गत वर्ष माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा दीप बस्न्यात र योजनाकार शोभाकान्त ढकाल भने थुनामा छन् ।