Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ फाल्गुण २ बिहीबार ०७:०७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

रुद्राक्षका यी बहुपक्ष

Read Time : > 1 मिनेट
२०७५ फाल्गुण २ बिहीबार ०७:०७:००

हिन्दू धर्ममा रुद्राक्षलाई विशेष महत्व दिइन्छ । यो नेपालसँगै भारत, इन्डोनेसिया, बर्मा आदि देशका पहाडी क्षेत्रमा पाइन्छ ।

धार्मिक महत्व
रुद्राक्ष दुईवटा शब्द मिलेर बनेको हुन्छ, रुद्र र अक्ष । जसको  शाब्दिक अर्थ रुद्रको अक्ष अर्थात् भगवान् शिवको आँखाबाट उत्पत्ति हुने आँसु हो । अध्यात्मसँग जोडेर हेरिने रुद्राक्षलाई भौतिक संसारमा हुने दुःख हटाउने र सकारात्मक ऊर्जा दिने फल मानिन्छ ।

वर्गीकरण
-रुद्राक्षलाई विभिन्न श्रेणीमा वर्गीकरण गरिएको छ । यसमा हुने धर्काहरूलाई मुख भनिन्छ । तिनै मुखका आधारमा यसको वर्गीकरण भएको हो । 
-रुद्राक्ष एकमुखेदेखि २७ मुखेसम्म भएको विश्वास गरिन्छ । एकमुखे, नौमुखेदेखि १४ मुखेसम्मका रुद्राक्षलाई दुर्लभ मानिन्छ । 
-पाँचमुखे रुद्राक्ष भने सहज रूपमा पाइने गर्छ । यसमा हुने मुखका आधारमा सुख, शान्ति, मोक्ष, पाप, धन प्राप्ति, दाम्पत्य जीवन र आयुसँग जोडेर हेरिन्छ ।

मान्यता
- खासगरी श्रावण महिना, सोमबार, पूर्णिमा र सूर्य वा चन्द्रग्रहणका दिन रुद्राक्षको माला विशेष श्रद्धापूर्वक लगाइने गरिन्छ । यसरी लगाएर हिँड्दा शारीरिक दुर्बलता हट्नमा सहयोग पुग्नुका साथै मानसिक तनावसमेत कम गर्ने मान्यता छ ।
- रुद्राक्षको मालाले व्यक्तिको शारीरिक तथा मानसिक शक्ति बलियो हुनुका साथै घरपरिवारमा सुख शान्तिसमेत आउने विश्वास छ । 
- तर, रुद्राक्षको माला लगाउँदा केही नियम भने पालना गर्नुपर्ने हुन्छ । जस्तै, रुद्राक्ष धारण गर्ने मानिसले मासु, लसुन, प्याज, र नसालु पदार्थ खान नहुने भन्ने छ । ज्योतिषशास्त्रका अनुसार नियम पालना नगरी रुद्राक्ष लगाउँदा नोक्सान पुग्छ ।
- रुद्राक्षको माला अभिमन्त्रित गरेर लगाएमा संसारमा अस्तित्वमा रहेका जुनसुकै रोग पनि निको हुन्छ भनिन्छ ।

औषधीय गुण 
- चारमुखे रुद्राक्षलाई दूधसँग मिसाएर सेवन गर्दा वा पूजा गरी धारण गर्दा मानसिक रोग निको हुनुका साथै स्मरण शक्तिसमेत बढाउँछ । 
- पाँचमुखे रुद्राक्षलाई गाईको सुक्खा गोबर र गंगा जलमा मिसाएर शरीरमा लगाउँदा छालासम्बन्धी रोगका लागि फाइदाजनक हुन्छ ।
- रुद्राक्षको माला लगाउँदा रक्तचाप नियन्त्रण हुन्छ ।  
- तामाको भाँडोमा भिजाएर राखेको रुद्राक्षको रस नियमित सेवन गर्दा पेटसम्बन्धी रोग निको हुन्छ । 
- रुद्राक्षलाई विधिपूर्वक पूजा गरेर धागोको सहायताले कम्मरमा बाँध्दा मुर्छा पर्ने, हिस्टेरिया, ज्वरो, कम्मरको दुखाई हटाउन मद्दत पुग्छ । 
- रुद्राक्षको स्पर्शले मात्रै पनि रक्तचाप र हृदयरोगका बिरामीलाई फाइदा पु-याउँछ ।