१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २ बिहीबार ०७:०३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

डिप्रेसनबाट बच्न यसो गर्नुहोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २ बिहीबार ०७:०३:००

-अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ । यसको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको सिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ । 
-दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्ने गर्नुपर्छ ।
-लामो समयसम्म एउटै काम गरिहनुहुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले 
फ्रेस भइन्छ ।
-फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्यधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निद्रा गडबडीको समस्या निम्त्याउँछ । 
-निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ । 
-मनोरोगलाई भयानक रूपमा लिनुहुँदैन  । यदि, मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।