मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केशवप्रसाद भट्टराई (दोभान) ताप्लेजुङ
२०७७ फाल्गुण १८ मंगलबार १४:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ताप्लेजुङको दोभानमा आगलागी, ५० घर जले

Read Time : < 1 मिनेट
केशवप्रसाद भट्टराई, (दोभान) ताप्लेजुङ
२०७७ फाल्गुण १८ मंगलबार १४:१४:००

ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा भीषण आगलागी भएको छ । मेरिङदेन गाउँपालिका– ३ दोभान बजारमा आगलागीबाट ५०  घर जलेका छन् । 

ती घरमा एक सय २० पसल थिए । ती सबै जलेर नष्ट भएका छन् । आगो केही निन्त्रणमा आए पनि बजारदेखि माथिको भीरमा समेत फैलिएको छ । 

आगलागी स्थानीय भोला पौडेलको घरबाट सुरु भएको अर्का स्थानीय हरि काफ्लेले बताए । आगो नियन्त्रणमा लिन स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली खटिएको छ । 

दोभानमा करिब सय घर रहेका छन् । क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए ।