मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ फाल्गुण १८ मंगलबार १०:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

उपत्यका सडक विस्तार संघर्ष समितिका अभियन्ता भेट्न गएका पत्रकार पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १८ मंगलबार १०:१७:००

उपत्यका सडक विस्तार संघर्ष समितिका अभियन्ताहरूलाई भेट जाने क्रममा फ्री प्रेस नेपालका पत्रकार विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार बालाजु बाइपासमा काठमाडौं महानगरपालिकाले स्थानीयको घर भत्काएर निर्माण गर्न लागेको सूचना केन्द्रस्थलमा विरोध गर्न जाँदा आठजना अभियन्तालाई पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाएको छ । 

महानगरीय प्रहरी वृत्तमा राखिएका सुमन सायमीलगायत अभियन्तालाई भेट्न जाँदा विकास श्रेष्ठलाई पक्राउ गरिएको अभियन्ता रवीन्द्रकुमार श्रेष्ठले बताए । अहिले विकासलाई सोह्रखुट्टे वृत्तमा राखिएको छ ।