मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ फाल्गुण १८ मंगलबार ०९:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपरासीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा दुई चालकको मृत्यु

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ फाल्गुण १८ मंगलबार ०९:५७:००

पूर्वी नवलपरासीको देवचुली– २ दुम्कौली चोकमा गएराति दुईवटा ट्रक एक–आपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम आउँदै गरेको ना.७ख ७०२३ नम्बरको ट्रक र पश्चिमबाट पूर्व जाँदै गरेको ना.६ख ३०११ नम्बरको ट्रक एक–आपसमा ठक्कर खाँदा दुई ट्रकका चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मकवानपुर घर भएका ३४ वर्षीय रामकुमार न्यौपाने र कास्की घर भएका ५१ वर्षीय खिमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा दुवै ट्रकका सहचालक बबई गाउँपालिका– ६ दाङका २३ वर्षीय घनश्याम खड्का र बन्दीपुर गाउँपालिका– ३ तनहुँका १८ वर्षीय विश्वास शाही गम्भीर घाइते भएका छन् । उनीहरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । मृतकको शव मध्यबिन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।