Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार १९:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको निर्वाचन आयोगवाला सेटिङ पनि भत्किँदै छ : प्रचण्ड (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार १९:५५:००

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै निर्वाचन आयोगले आफूहरूको पक्षमा निर्णय गर्ने बताएका छन् । सोमबार आयोजित पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभामा प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरूले पाउने दाबी गरेका हुन् । 

प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै उनले केही दिनभित्रै आधिकारिक पार्टी बहुमतवाला पार्टी नै भएको र सूर्य चिह्न र नाम बहुमतवाला पार्टीकै हो भनी फैसला गर्ने उनले बताए । 

उनले भने, ‘अर्को सेटिङ पनि भत्किँदै छ, निर्वाचन आयोगवाला सेटिङ । हेर्नुहोला, मैले त्यत्तिकै भनेको होइन, मैले बुझेर भन्दै छु केही समयभित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरूकै हो भन्ने फैसला हुन्छ । यसमा एक इन्च पनि शंका गर्नुपर्दैन ।’

प्रचण्डले ओली पाहाझैँ पछारिएको टिप्पणी गरे । ओली पाहा पछारिएझैँ पछारिए पनि हामीले जित्यौँ झन् बलियो भयौँ भन्दै हिँडेको उनको भनाइ छ । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई खारेज गरिदिएपछि प्रधानमन्त्रीको पदमा एक क्षण पनि बस्न लायक नभएको प्रचण्डको भनाइ छ । 

कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले पार्टीले दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिसकेकोले प्रधानमन्त्री ओलीले कसैलाई हटाउने अधिकार नभएको बताए ।

उनले भने, ‘यो पार्टीको सदस्य नभएको व्यक्तिले, संसदीय दलको नेताको पनि दाबा गरिरहेका छन् । अनि मुख्य सचेतकबाट देव गुरुङजीलाई हटाएको पनि सुन्नु भा छ । अधिकार नै नभएको कुरा कहाँ बाट हटाउने ? किनभने संसदीय दलको बैठकबाट पुष्पकमल दाहाल प्रचण्डलाई नै दलको नेता हामीले चयन गरिसकेका छौँ । अब केपी ओली दलको नेता पनि रहनुभाको छैन । त्यस हुनाले पनि उहाँले आफ्नो हिसाबले उहाँको डायरीमा नोट गरेका नाम जति काटे पनि हुन्छ । हामीलाई भन्नु केही पनि छैन । रिस उठेपछि कलमले केरकार गरे पनि हुन्छ ।’

नेपालले संस्थागत कुरा विधानमा लेखिएबमोजिम मात्रै हुने बताए । कुनै एक व्यक्तिको सनकको भरमा देश अगाडि जान नसक्ने भन्दै उनले आफूहरूले विधि विधानलाई मान्ने देश बनाउन चाहेको बताए ।