मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण १७ सोमबार १०:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, चाँडै शल्यक्रिया गर्न सुझाब

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १७ सोमबार १०:२४:००

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष  छ । बायोप्सी, DOTA NOC परीक्षण,  Endoscopic ultrasound (EUS) , PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरूले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका छन् ।

देखिएको ट्युमरलाई भने वेलैमा नै ढिला नगरी दुई–तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाब रहेको छ । यदि वेलैमा शल्यक्रिया नभए  क्यान्सरको खतरा पनि हुन सक्ने कुरामा चिकित्सकले सचेत गराएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । 

अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उनले  डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए । 

अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्किनेछन् ।