मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार १४:५१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा सेतो मत्स्येन्द्रनाथ मन्दिर पुनर्स्थापना सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार १४:५१:००

भारतीय सहयोगमा सेतो मत्स्येन्द्रनाथ मन्दिर पुनर्स्थापना सुरु भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सेतो मत्स्येन्द्रनाथ मन्दिरको पुनरस्थापनाका लागि आइतबार भूमि पूजन गरेका छन् । 

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको पाँच अर्ब ८० करोड आर्थिक सहयोगअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सांस्कृतिक सम्पदामध्ये यो पहिलो परियोजना हो । यी सबै २८ सांस्कृतिक सम्पदा क्षेत्रहरू नेपाल सरकारले पहिचान गरेका हुन् ।  सन् २०१७ अगस्टमा यी क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

भूमिपुजन कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, वडा नं. २५ का अध्यक्ष नीलकाजी शाक्य, काठमाडौंकी उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का परियोजना निर्देशक श्यामकिशोर सिंह, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव गोपालप्रसाद अर्याल, पुरातत्व विभागका प्रमुख कार्यकारी रामबहादुर कुँवर, हनुमान ढोका संग्रहालयका प्रमुख कार्यकारी सन्दीप खनाल, सेतो मत्स्येन्द्रनाथ मन्दिरको उपभोक्ता समितिका सदस्य एवं स्थानीय सदस्यको सहभागिता थियो । भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास विभागका अधिकारीहरू पनि उक्त कार्यक्रममा उपस्थित थिए ।

नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरूप पुनस्र्थापना कार्य गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)ले निकायहरूको पहिचान गरिरहेको भारतीय दूतावासले जनाएको छ । केन्द्रीय आयोजना इकाइ (भवन) यी परियोजनाहरूको कार्यान्वयन इकाइ हो ।

०७२ को भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा पुनस्र्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिकाअनुरूप सेतो मत्स्येन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनस्र्थापना हुनेछ । दूतावासका अनुसार यी सम्पदाहरूको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामग्रीहरूको यथाशक्य प्रयोग गरिनेछ । 

‘मन्दिरको साजसज्जा तथा काष्ठकलासम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पु¥याइनेछ । यसका परम्परागत पोलिक्रोम कलाको संरक्षण तथा सम्बद्र्घन गरिनेछ,’ दूतावासले भनेको छु । 

०७२ को भूकम्पले क्षतिग्रस्त यो मन्दिर १०औँ शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौं सहरको मुटुमा रहेको सेतो मत्स्येन्द्रनाथ मन्दिरलाई दुवै हिन्दू र बौद्घ धर्मावलम्बीहरूले उही आस्थाका साथ पूजा गर्छन् । दूतावासले भनेको छ, ‘यी जीवित सांस्कृतिक सम्पदाहरूको परम्परागत गौरवगाथालाई संरक्षण गर्न यी क्षेत्रहरूको संरक्षण एवं पुनर्निर्माणमा नेपाल सरकारसँग आबद्घ हुन पाएकोमा भारत सरकार अत्यन्तै हर्षित छ ।’