मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार १३:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीको साइबर ब्युरो नै साइबर अपराधबाट पीडित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार १३:५६:००

साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने नेपाल प्रहरीको साइबर ब्युरो नै साइबर अपराधमा पीडित बन्न पुगेको छ । ब्युरोको नाममा नक्कली फेसबुक आइडी बनाएर सर्वसाधारणसँग पैसा माग्ने काम भएको छ । 

यस्तो अपराधमा संलग्न कपिलवस्तु वाणगंगा नगरपालिका– २ घर भई हाल रुपन्देहीको सैनामैना बस्ने १८ वर्षीय राजीव पोखरेललाई ब्युरोले पक्राउ गरेको छ । उनले नक्कली आइडी बनाई विभिन्न व्यक्तिहरूसँग म्यासेन्जरमार्फत पैसा असुली गर्ने प्रयास गरेको ब्युरोले जनाएको छ । 

प्रहरीको छविलाई बदनाम गर्ने र संगठनप्रति आमनागरिकलाई भ्रमित पार्ने काम गरेकाले उनलाई साइबर अपराध मुद्दामा कारबाही अघि बढाइएको ब्युरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।