मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ फाल्गुण १६ आइतबार ०८:२१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जोनसोन एन्ड जोनसोनको भ्याक्सिनलाई अनुमति, ‘एक डोज’ लगाए पुग्ने

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ फाल्गुण १६ आइतबार ०८:२१:००

अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्टे«सन (एफडिए)का वैज्ञानिकहरूको प्यानलले जोनजोन एन्ड जोनसोन कम्पनीले उत्पादन गरेको कोभिड भाइरसविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमति दिएको छ । एफडिएको प्यानलले शुक्रबार आपत्कालीन प्रयोगका लागि भ्याक्सिन प्रयोग गर्न सकिने गरी अनुमति दिएको हो । यो भ्याक्सिन अमेरिकामा अनुमति पाउने तेस्रो हो ।

औषधि उत्पादक कम्पनी जोनसोन एन्ड जोनसोनले यो भ्याक्सिनको एक डोजले नै ६६ प्रतिशत प्रभावकारिता देखाएको दाबी गरेको थियो । सोहीअनुसार एक डोज प्रयोगका लागि एफडिएले अनुमति दिएको हो । भ्याक्सिनका बारेमा कम्पनीले विश्वका विभिन्न स्थानमा परीक्षण र अध्ययन गरेको जनाएको छ । जसमा कोभिडका सिभियर केसहरूमा समेत ८५ प्रतिशत प्रभावकारी देखिएको थियो । अमेरिकामा यही साता कोरोना भाइरस संक्रमणबाट ५० हजारजनाको मृत्यु भएको छ ।

अमेरिकामा यसअघि दुईवटा खोपलाई आपत्कालीन प्रयोगमा अनुमति दिइएको थियो । खोपहरूले मान्यता पाइसके पनि अपेक्षाकृत रूपमा संक्रमण नियन्त्रणमा आइसकेको भने छैन । जोनसोनको भ्याक्सिन एक सट मात्रै लगाए पनि हुने भएपछि अब महामारी नियन्त्रणमा आउने अपेक्षा गरिएको छ । 

जोनसोन एन्ड जोनसोनले पनि बजारमा छिटोभन्दा छिटो भ्याक्सिन ल्याउने तयारी गरिरहेको जनाएको छ । जोनसोन एन्ड जोनसोन एडिनो भाइरसमा आधारित भ्याक्सिन हो । कम्पनीले निर्माण गरेको ‘एडी२६ कोभ२ एस’ नामक भ्याक्सिनमा एडिनो भाइरस २६ प्रयोग गरिएको छ ।

जोनसोनले एडिनो भाइरसलाई परिमार्जन गरेर भ्याक्सिनमा प्रयोग गरेको जनाएको छ । जुन कोषिकाभित्र प्रवेश गर्न सक्छ, तर कुनै किसिमको समस्या देखाउँदैन । यसअघि पनि एडिनो भाइरस भ्याक्सिनमा प्रयोग गरिँदै आइएको थियो । जुन इबोलाविरुद्धको भ्याक्सिनमा पनि प्रयोग भएको थियो । जोनसोनले एचआइभी र जिका भाइरसविरुद्धको भ्याक्सिनमा पनि एडिनो भाइरस प्रयोग गरिरहेको जनाएको छ ।