मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
स्टेफन मिह्म
२०७७ फाल्गुण १६ आइतबार ०८:०६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकामा हत्यादर किन बढिरहेको छ ?

धेरैमा राजनीतिक वर्गप्रतिको विश्वास हराएको छ, त्यसैले पुनः हत्यादरमा वृद्धि भएको छ

Read Time : > 2 मिनेट
स्टेफन मिह्म
२०७७ फाल्गुण १६ आइतबार ०८:०६:००

हिंसात्मक अपराधसम्बन्धी पछिल्ला तथ्यांकले अमेरिकामा हत्याहिंसाको दर बढेको देखाएको छ । केही वर्षको निरन्तरको ह्रासपछि अमेरिकामा हत्यको दर सन् २०२० मा पुनः वृद्धि भएको हो । सन् २०२१ को प्रारम्भमा देशका कैयौँ सहरमा हत्याहिंसा विगतमा भन्दा बढी देखिएको छ । धेरैले पछिल्लो हिंसाको बढोत्तरीका लागि महामारीलाई दोषी ठहर्‍याएका छन् ।

केहीले ऐतिहासिकस्तरको बन्दुक खरिद मृत्युको वृद्धिका लागि जिम्मेवार छ कि भनेर प्रश्न गरेका छन् । प्रहरी हिंसाको विरोधमा भएको आन्दोलनले सुरक्षा निकायको प्रभावकारितामा असर गरेकाले हिंसा बढेको विश्लेषण गर्नेहरू पनि छन् । यी सबै तर्क झट्ट सुुन्दा साँचा हुन् कि जस्तो लाग्छ । तर, इतिहासको विश्लेषण गर्दा ती निष्कर्ष गलत देखिन्छन् । धेरै अवस्थामा हत्यादरको वृद्धि राजनीतिक अस्थिरतासँग जोडिएको हुन्छ ।  

इतिहासकार रोजर लेन, एरिक मोन्ककोनेन र तिनका सहकर्मीले हत्यादर धेरै समय स्थिर नरहने र तिनमा घटबढ हुने विषयमा लामो समय अध्ययन गरेका छन् । तिनको खोज अमेरिकामा मात्र होइन, युरोपेली देशमा पनि सही ठहरिएको छ । हत्याहिंसाको दुई प्रकारमध्ये घरपरिवार र दम्पतीबीचको झैझगडाबाट हुने घरेलु हत्या धेरै अवस्थामा स्थिर रहन्छ । नाता नहुने प्रौढ मानिसबीचको हिंसाले हत्यादर तलमाथि पारेको देखिन्छ । यसको अर्थ मित्र, परिचित र अनजान व्यक्तिबीचका सामान्य विवाद पनि हिंसात्मक हुने सम्भावना अहिले बढेर गएको छ । 

सन् १९९० को दशकमा विगतका हत्यादरबारे अध्ययन गर्ने चारजना विज्ञ स्वतन्त्र रूपमा झन्डै उस्तै निष्कर्षमा पुगे । म्यानुुयल आइस्न, ग्यारी लफ्री, रोजर गोल्ड र र्‍यान्डोल्फ रोथ नामका विज्ञका अनुसन्धानले मानिसको राजनीतिक संस्थानप्रतिको विश्वास र एकअर्काप्रतिको विश्वास हत्यादरसँग घनिष्ट रूपमा जोडिएको निष्कर्ष देखाए ।

सन् १९९० को दशकमा हत्यादरबारे अध्ययन गर्ने चारजना विज्ञ स्वतन्त्र रूपमा झन्डै समान निष्कर्षमा पुगे । तिनले गरेको अनुसन्धानले मानिसको राजनीतिक संस्थानप्रतिको विश्वास र एकअर्काप्रतिको विश्वास हत्यादरसँग घनिष्ट रूपमा जोडिएको देखायो ।

समाजशास्त्री रोजर गोल्डले १९औँ शताब्दीको फ्रान्समा हुने लगभग प्रत्येक हत्याहिंसा वृद्धिका पछाडि राजनीतिक अस्थिरता जोडिएको पाए । ग्यारी लफ्रीले विश्वयुद्धपछिको अमेरिकामा उस्तै तथ्यांक भेटे । सरकारले भविष्यमा राम्रो काम गर्नेछ वा अधिकांश सरकारी कर्मचारी इमानदार छन् भन्ने विश्वास कम हुँदा हिंसादर बढेको ग्यारीले पाए । 

¥यान्डोल्फ रोथले अध्ययनका क्रममा एकअर्कासँग असम्बन्धित मानिसबीचको हत्या राजनीतिक संकटको अवधिमा बढ्ने गरेको पाए । तर, कुनै पनि अनुसन्धानदाताले राजनीतिक स्थिरता र एकतालाई एउटै मानेका छैनन् । न उनीहरूले स्थिरता आफैँमा निर्विकल्प रूपमा राम्रो भनेका छन् ।

कैयौँ अवस्थामा बलिया समूहबीचको ऐक्यबद्धताले स्थिरता ल्याएको देखिन्छ । जस्तो, विभिन्न देशबाट अमेरिका आएका युरोपेली आप्रवासीहरूले नश्लका आधारमा एकअर्कासँग ऐक्यबद्धता खोज्दा उपनिवेशकालीन अमेरिकामा हत्याहिंसाको दर कम भएको थियो । तर, युरोपेलीबीचको ऐक्यबद्धताले अफ्रिकी अमेरिकीहरूको दासता वृद्धि गरायो । 

केही अनुसन्धानदाताले रोथको अध्ययनलाई थप विस्तार गरेका छन् । जस्तो, पिटर टुरचिनले भिजिलान्तेद्वारा हुने गैरन्यायिक हत्याको तथ्यांकलाई केलाएर राजनीतिक अस्थिरता पहिचान गर्ने प्रयास गरे । उनले हत्यादरमा हुने अचानकको वृद्धिबाट इतिहासका राजनीतिक अस्थिरताको अवधिलाई सटिक रूपमा पहिचान गरेका छन् । टुरचिनले सन् २०१६ मा प्रकाशित आफ्नो पुस्तकमा यसलाई सविस्तार व्याख्या गरेका छन् ।

पुस्तकमा दुरचिनले अमेरिका अशान्तिको अवधितर्फ अघि बढेको सही अनुमान गरेका थिए । अधिकांश अध्ययनले आर्थिक विपत्ति र राष्ट्रिय संकटकालले मात्र हत्याहिंसा वृद्धि नगर्ने देखाएको छ । ती अवस्थामा पनि मानिसको सरकार तथा राजनीतिक वर्गप्रति विश्वास कमी भए मात्र समस्या देखिने रहेछ । 

अघिल्लो वर्ष अमेरिकाको वैधानिक संस्थानमाथि निरन्तर आक्रमण भयो । त्यस्तै अमेरिकी समाजको नाजुक ऐक्यबद्धतामा पनि आक्रमण भयो । अमेरिकीहरू अहिले गृहयुद्धपछिकै सबैभन्दा बढी विभाजित देखिएका छन् । धेरैमा राजनीतिक वर्गप्रतिको विश्वास हराएको छ । त्यसैले पुनः हत्यादरमा वृद्धि भएको छ । रोथ सही छन् भने यो समस्या थप प्रहरी र न्यून बन्दुकले मात्र समाधान हुँदैन । हामीले आमअमेरिकी जनतालाई अहिलेको राजनीतिक प्रणालीले नै देशको समस्या समाधान गर्न सक्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ । 

(मिह्म युनिभर्सिटी अफ जर्जियाको इतिहासका सह–प्राध्यापक हुन्) ब्लुमवर्गबाट