मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १५ शनिबार १६:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रकाशमान सिंहको दाबी– प्रधानमन्त्रीमा नैतिकताको ‘न’ पनि भएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १५ शनिबार १६:२७:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीमा नैतिकताको ‘न’ पनि नभएको बताएका छन् । राजधानीमा स्वास्थ्य दर्पण पत्रिकाले आयोजना गरेको कार्यक्रममा सिंहले संविधानसभा हुँदै नभएको काम गरेपछि कुन नैतिकताका आधारमा त्यही संसद्मा मुख देखाउने भन्ने सवाल उठेको सिंहले बताए । 

राष्ट्रको अभिभावक राष्ट्रपति रबरस्टाम्प बनेपछि मुलुकुमा राजनीतिक समस्या बढेको सिंहको जिकिर छ । संविधानसभाका अध्यक्ष चाकडीमा लागेकोसमेत सिंहले बताए । 

गलत व्यक्तिको हातमा शासनसत्ता पुगेकै कारण अहिलेको समस्या आएको सिंहको दाबी छ । राजनीति सेवाभावले गर्नुपर्नेमा उनले जोड दिए । केही दल र नेताका कारण सिंगो राजनीतिमाथि नै प्रश्न उठेको उनको तर्क छ । 

अहिले सबै दल मिलेर काम गर्नुपर्ने वेला आएको भन्दै सिंहले कांग्रेसबाहेक अरूले जिम्मेवारी पूरा गर्न नसक्ने दाबी गरे ।