मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण १५ शनिबार ०७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाचोकमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो        

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १५ शनिबार ०७:४९:००

लमजुङको दोर्दी  गाउँपालिका–५  पाचोकमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । गण्डकी प्रदेश सरकार र नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रको  सहयोगमा  राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको हो ।

ओखरी फिडरबाट उक्त गाउँमा बिजुली पुर्‍याइएको नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्र लमजुङका प्रमुख यमकुमारी गुरुङले बताइन् ।

उक्त क्षेत्रमा विद्युत् विस्तार नहुँदा लघु जलविद्युत्मार्फत विद्युत् आपूर्ति भइरहेको थियो । राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । 

विद्युत् विस्तार भएपछि यस क्षेत्रका ६५ घरधुरी लाभान्वित हुनेछन् । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सिम्ररुङ, फुम्चे र कैचेगाउँका नागरिक गाउँमा पहिलोपटक बिजुली पुगेसँगै खुसी भएका छन्  ।

गण्डकी प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले केन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकको घरमा बिजुली पुर्‍याउने बताए ।