Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १४ शुक्रबार १६:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहका ५२ सहसचिव-उपसचिवको सरुवा, तीन दर्जन जिल्लाका सिडिओ हेरफेर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १४ शुक्रबार १६:२९:००

गृह मन्त्रालयले ५२ जना सहसचिव तथा उपसचिवको सरुवा भएको छ । सरुवामा तीन दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)काे  हेरफेर भएको छ ।

एक वर्षको अवधि नै नपुगी गृहले ठूलो संख्यामा सिडिओको सरुवा गरेको हो । कास्कीमा थानेश्वर गौतम, चितवनमा प्रेमलाल लामिछाने, धादिङमा ज्ञानप्रसाद ढकाल, सुनसरीमा उमेश ढकाल, सिन्धुपाल्चोकमा अरुण पोखरेल, कपिलवस्तुमा चक्रपाणि पोखरेल, बर्दियामा सन्तबहादुर सुनार, दाङमा दीर्घनारायण पौडेलको सरुवा भएको छ । 

त्यस्तै, खगेन्द्र रिजालको कैलाली, शिवकुमार कार्कीको बाग्लुङ, छविलाल रिजालको सुर्खेत, गौलोचन सैंजुको रामेछाप, बन्दना राईको ओखलढुंगा, दोलखामा वासुदेव घिमिरेलाई सिडिओका रूपमा पठाइएको छ । 

ईश्वरी ढकालको रसुवा, उमेश पाण्डेको ताप्लेजुङ, मोहन अधिकारीको बझाङ, गणेश आचार्यको हुम्ला, गणेबहादुर अधिकारीको म्याग्दीमा सरुवा भएको छ ।