१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७७ फाल्गुण १४ शुक्रबार १०:३८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्भावस्थामा के खाने, के नखाने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ फाल्गुण १४ शुक्रबार १०:३८:००

गर्भावस्थामा महिलाले खानापिनमा निकै ध्यान दिनुपर्छ । खानपिन र जीवनशैलीमा ध्यान नदिँदा नवजात शिशुको स्वास्थ्यमा असर पर्ने आयरल्यान्डको डब्लिन विश्वविद्यालयले गरेको एक अध्ययन रिपोर्टमा उल्लेख छ । विश्वविद्यालयको अध्ययनअनुसार गर्भवती अवस्थामा सकेसम्म धेरै पौष्टिक खानेकुरा खानुपर्छ । आमामा पौष्टिक तत्वयुक्त खानेकुराको कमी भए शिशुको तौल अस्वाभाविक रूपमा घट्न सक्छ । 

गर्भावस्थामा पर्याप्त पौष्टिक तत्व नपाएका नवजात शिशुमा फ्याटको मात्रा कमी हुने डब्लिन विश्वविद्यालयका अनुसन्धानकर्ता तथा प्रोफेसर लिङ वे चेनले बताएका छन् । बाल्यअवस्थामै तौल थपघटको क्रम निरन्तर भइरहँदा नवजात शिशुलाई टाइप २ मधुमेह रोगको जोखिम हुने रिपोर्टमा उल्लेख छ । 

विश्वविद्यालयले १६ हजार दुई सय ९५ गर्भवतीमाथि अनुसन्धान गरेको थियो । यसक्रममा आयरल्यान्ड, फ्रान्स, बेलायत, नेदरल्यान्ड्स र अकल्यान्डका गर्भवतीसँग गरेको कुराकानीलाई मानेको प्रोफेसर वे चेनले बताए । उनका अनुसार अनुसन्धानको क्रममा ३० वर्षमुनिका गर्भवती समावेश थिए । अनुसन्धानकर्ताहरूले गर्भवती हुनुअघि र पछि के–कस्तो खानेकुरा खाएको भन्ने विषय पनि समावेश गरिएको बताएका छन् । 

आमा र नवजात शिशु स्वस्थ बनाउन गर्भवती अवस्थामै पर्याप्त मात्रामा आइरन र भिटामिनयुक्त खानेकुरा खान प्रोफेसर वे चेनले सुझाब दिएका छन् । मौसमअनुसारको फलफूल र हरियो सागसब्जी लिन पनि उनको आग्रह छ । हरियो सागसब्जीले गर्भमा रहेका शिशुको आकार राम्रो बनाउने, रगत सफा गर्ने र भविष्यमा रोगहरू कम लाग्ने प्रोफेसर चेनले जनाएका छन् । 


यसैगरी दूध र पनिरजस्ता खानाले शिशुको हड्डी तथा दाँतको राम्रो विकास हुन्छ । प्रोटिनको मात्रा बढाउन दाल, दूध, दही, अन्डा, पनिर तथा मकै खान उनले सुझाब दिएका छन् । यसले गर्भवतीको हरेक किसिमको कमजोरीपनलाई हटाउँछ । 
डब्लिन विश्वविद्यालयको अनुसन्धान रिपोर्टमा गर्भवती महिलाले सामान्य अभ्यास गर्न सकिन्छ । नियमित रूपमा धेरै तौल भएको सामान उठाउँदा भविष्यमा मुटु रोग, मधुमेह तथा रक्तस्रावको सम्भावना रहन्छ । अक्सर गर्भावस्थामा हेमोग्लोबिनको कमी र ब्लडप्रेसर अनियमित हुने समस्या पनि प्रोटिनयुक्त खानापनाकै कमीले हुने प्रोफेसर वे चेनको भनाइ छ ।
एजेन्सीको सहयोगमा