यो लेख लेखिरहँदा म सिड्नीको एक होटेलमा क्वारेन्टाइनमा छु । म सार्स–कोभ–२ भाइरसको उद्गमस्थ अध्ययन गर्न बनेको विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीको सदस्य थिएँ । हाम्रो समूहले चीनको वुहानमा गएर भाइरसको उद्गम पत्ता लगाउन विभिन्न तहमा अनुसन्धान गर्यो । कोभिड–१९ को भाइरसको उद्गमस्थल पत्ता लगाउने विषयमा भएको राजनीतिबारे धेरै कुरा बाहिरिसकेको छ । तर, अनुसन्धान हामीजस्तै वास्तविक मानिसले सञ्चालन गरेका थिए भन्ने धेरैले ख्याल गरेनन् ।
अध्ययनका क्रममा हामीले सन् २०१८ डिसेम्बर ८ मा पहिचान भएको पहिलो कोरोना संक्रमित व्यक्तिलाई भेट्यौँ । हामीले भेट्दा ती व्यक्ति रोग निको भएर तन्दुरुस्त थिए । अध्ययन टोलीले कोभिड–१९ महामारीका सुरुका दिनमा वुहान अस्पतालमा बिरामी हेरेका डक्टरलाई भेट्यो ।
उनीहरूमार्फत ती चिकित्सक र तिनका सहकर्मीलाई के भएको थियो, जान्यौँ । हाम्रो समूहले कोभिड–१९ को एकदम सुरुका दिनमा रोगबाट प्रभावित भएका धेरै मानिसलाई भेटेर अध्ययन गर्यो । विश्व स्वास्थ्य संगठनको अनुसन्धान टोलीले चार हप्तासम्म चीनमा रहेर काम गर्यो ।
यस अवधिमा हामीले चिनियाँ वैज्ञानिक, संक्रमणविद्, चिकित्सकसँग कुरा ग¥यौँ । यी सबै प्रक्रियामार्फत हामीले सार्स–कोभ–२ पहिचान भएका सुरुका दिनबारे धेरै जानकारी बटुल्यौँ । हाल सार्स–कोभ–२ नाम दिइएको भाइरस डिसेम्बर २०१९ मा पहिलोपटक पहिचान भएको थियो । जुन भाइरस पछि विश्वले सन् १९१८–१९ पछि देखेको ठूलो महामारीको कारण बन्यो ।
हाम्रो अनुसन्धानको निचोड छ, भाइरस जनावरबाट मानिसमा सरेको हो । हालसम्मको अध्ययनले भाइरस चमेरा हँुदै मानिसमा सरेको हुन सक्ने सम्भावना बढी छ । तर, चमेरामा कुन जनावरबाट भाइरस स¥यो भन्नेचाहिँ हालसम्म स्पष्ट भएको छैन । हामी हाल बन्द रहेको वुहानको माछा बजार पनि गयौँ । सुरुका दिनमा महामारी यही बजारबाट फैलिएको आरोप लागेको थियो ।
बजारका केही स्टलले ‘घरमै हुर्काइएका’ वन्यजन्तु बेच्दो रहेछ । केही घरमा पालिएका घरेलु वन्यजन्तुमा सार्स–कोभ–२ रहेको जनाउने लक्षण रहेको विक्रेताले बताए । तथापि बजार बन्द भएपछि लिइएका नमुनामा भने भाइरस भेटिएन । सुरुका १७४ संक्रमितमध्ये सबै बजार नभएको भेटियो । सन् २०१९ डिसेम्बरको पहिलो संक्रमितमा समेत बजार गएको पाइएको छैन ।
बन्द बजार पुग्दा सो स्थानमा भाइरसको संक्रमण फैलन सक्ने वातावरण पायौँ । बन्द हुनुअघि यो बजारमा दैनिक दश हजार मनिस आउजाउ गर्थे । त्यति धेरै मानिसको आउजाउ हुने बजारमा न राम्रो भेन्टिलेसनको व्यवस्था थियो, न नालाको नै । मिसन अवधिमा प्रसार क्लस्टर जेनेटिक प्रमाण पाइयो ।
हाम्रो अनुसन्धानको निचोड छ, भाइरस जनावरबाट मानिसमा सरेको हो । हालसम्मको अध्ययनले भाइरस चमेरा हुँदै मानिसमा सरेको हुन सक्ने सम्भावना बढी छ ।
मार्केटका विभिन्न संक्रमितबाट लिइएको भाइरस सिक्वेन्स समान थिए । यसले पनि प्रसार क्लस्टरलाई इंगित गर्छ । तथापि अन्य भाइरल सिक्वेन्समा केही विविधता देखिन्छ । तिनले प्रसारका अज्ञात र स्याम्पल नभएका चेनतर्फ संकेत गर्छ । केही अध्ययनले सार्स–कोभ–२ वुहानमा पहिचान हुनुअघि नै विभिन्न देशमा प्रसारमा रहेको संकेत गरेका छन् । यिनको थप प्रमाणीकरण आवश्यक छ । वुहानको बजार साँच्चैको ग्राउन्ड जिरो नभएर भाइरसको विस्तार तीव्र बनाइदिने स्थानजस्तो देखिन्छ । त्यसैले भाइरसको वास्तविक उद्गमस्थल पहिचान गर्न अन्यत्र हेर्नुपर्छ ।
‘कोल्ड चेन’ हाइपोथेसिस पनि चर्चामा छ । अन्यत्रै उब्जिएको भाइरस आइसक्रिम, माछा, वन्यजन्तुको मासुमा वुहान आएको थियो भन्ने यस्तो विचार राख्नेको धारणा छ । तर, यो धारणा पनि पुष्टि भएको छैन । तथापि यसको सम्भावनालाई पूर्णतः खारेज गरिएको छैन, अध्ययन अझै चलिरहेको छ ।
भाइरस प्रयोगशालाबाट उम्केको हो भन्ने विचार राजनीतिक रूपमा अत्यन्त संवेदनशील विषय रह्यो । तर, हाम्रो अध्ययनले यस्तो सम्भावना अत्यन्त न्यून रहेको देखियो । हामी प्रश्नको घेरामा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजी गयौँ । हामीले त्यहाँका वैज्ञानिकसँग कुराकानी गर्यौँ ।
हामीले सो ल्याबले अध्ययन गरिरहेको सार्स–कोभ–२ सँग सबैभन्दा नजिकको भाइरस ‘आरएटिजी’लाई हेर्यौँ । तर, वैज्ञानिकले सो भाइरसको जेनेटिक सिक्वेन्स मात्र बनाएका रहेछन् । तिनलाई कल्चर गरेर विकास गरिएको थिएन । भाइरस प्रयोगशालाबाट फैलिएका उदाहरण नभएका होइनन्, तर ती एकदमै थोरै मात्र छन् । हाम्रो अध्ययनले वुहानमा प्रयोगशालाबाट भाइरस फैलिएको शंकालाई असम्भव रहेको निष्कर्ष निकाल्यो ।
(डिवियर अस्ट्रेलियास्थित वेस्टमिड हस्पिटलअन्तर्गतको पब्लिक हेल्थ प्याथोलोजीका निर्देशक हुन्) द कन्भरसेसनबाट