मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ फाल्गुण १३ बिहीबार १५:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा रूखले च्यापेर महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १३ बिहीबार १५:२६:००

डोल्पामा रूखमा च्यापेर जगदुल्ला गाउँपालिका– ३ थापागाउँ बस्ने ३९ वर्षीया बुद्धिरूपा विकको मृत्यु भएको छ । जगदुल्ला– ३ की दलित महिला सदस्यसमेत रहेकी विक जंगलमा भेडा चराउन गएको वेला रूख ढलेर गम्भीर घाइते भएकी थिइन् । 

उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु  पाण्डेले जानकारी दिए । उनी स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्र्रबाट निर्वाचित भएकी थिइन् ।