फलफूल तथा तरकारी बजार विस्तार गर्न राष्ट्रिय किसान आयोगको सुझाव
राष्ट्रिय किसान आयोगले तत्काल फलफूल तथा तरकारी बजार विस्तार गर्न सरकारलाई सुझाव दिएको छ । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले ५ वर्ष भित्र कृषिमा दोब्बर उत्पादन गर्ने लक्ष्य लिएको सरकारले फलफूल तथा तरकारी बजारको उचित व्यवस्थापन गर्नुपर्ने बताए ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २५ औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनसंख्या बढदै गएकाले कालिमाटी फलफूल तथा तरकारी बजारको विस्तार गरिनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको असार समान्तसम्मको खुद मुनाफा ३ करोड ७८ लाख ४० हजार रहेको पनि जानकारी गराइएको थियो ।